कमेडी फिल्मबाट शिल्पा शेट्टीको बलिवुडमा पुनरागमन

बलिवुड अभिनेत्री शिल्प शेट्टीले बलिवुडमा कमब्याक गर्न लागेकी छन् । शिल्पा २००७ मा रिलिज भएको अपनेपछि फिल्ममा कुनै भूमिका निर्वाह गर्न लागेकी छन् ।

शिल्पाले कमेडी फिल्म बनाउन माहिर मानिने प्रियदर्शनको फिल्मबाट बलिवुडमा कमब्याक गर्न लागेकी हुन् । प्रियदर्शनको २००३ मा रिलिज भएको फिल्म हंगामा-२ मा शिल्पा परवेश रावलसँग अभिनय गर्ने भएकी हुन् ।



यस फिल्ममा अभिनेता जावेद जाफरीका छोरा मीजान जाफरी र प्रनिता सुभाष प्रमुख भूमिकामा हुने छन् ।

आज शिल्पा र परवेशले फिल्मको फर्स्ट लुक जारी गर्दै फिल्म २०२० को अगस्ट १४ मा रिलिज हुने घोषणा गरेका छन् । त्यस्तै हंगामा-२ को शुटिंग जनवरीबाट शुरु हुने छ ।

निर्देशक प्रियदर्शनले हंगामा-२ आफ्नो पुरानो फिल्म हंगामाको सिक्वेल नभएको जानकारी दिदै फिल्ममा शिल्पा एक ग्लामरस भूमिकामा देखिने बताएका छन् ।

सम्बन्धित समाचार