बागी-३ मा अभिनेत्री दिशा पटानीको इन्ट्री

बलिवुड अभिनेत्री दिशा पटानीको बागी-३ मा इन्ट्री भएको छ । यस अघि आफ्ना रियल लाइफ प्रेमी टाइगर सराफसँग बागी-२ मा काम गरेकी दिशा बागी-३ मा पनि महत्वपूर्ण भूमिकामा देखिन लागेकी हुन् ।

बागी-३ मा टाइगरसँग श्रद्धा कपुर पनि रहेकी छन् भने यस फिल्ममा दिशा पनि हुने यस अघि हल्ला चलेको भएपनि अहिले आएर कन्फर्म भएको छ ।



फिल्मका निर्माता साजिद नाडियावालाले फिल्ममा दिशा पनि महत्वपूर्ण भूमिकामा रहेको जानकारी दिएका छन् । टाइगर र श्रद्धाले हालै फिल्मको केहि भाग सर्बियामा शुटिंग सकेर फर्किएका छन् ।

बागी फिल्म २०१६ मा आएको थियो, जसमा टाइगर र श्रद्धाले अभिनय गरेका थिए । त्यसपछि २०१८ मा रिलिज भएको बागी-२ मा दिशा र टाइगर रहेका थिए । यस सुपरहिट फ्रेन्चाईजी फिल्ममा अब तेस्रो भागमा टाइगर, श्रद्धा र दिशा तिनै जना सँगै भएका छन् ।

हालै सलमान खानसँगको फिल्म भारतमा काम गरेकी दिशाले अब सलमानको अर्को फिल्म राधेमा समेत आउदै छन् ।

बागी-३ अहमद खानले निर्देशन गरेका छन् भने यो फिल्म आगामी मार्च ६ मा रिलिज हुदै छ ।

सम्बन्धित समाचार