आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य सुधार

साप्ताहिक कारोबारको दोश्राे दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ । आइतबार करिब ५ अङ्कले ओरालो लागेको नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ५.५३ अङ्कले बढेर एक हजार १६७.९५ मा पुगेको छ । यस्तै (क) बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको छ । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए ।



स्टक एक्सेचेन्जका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये सोमबार ४ उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर बढेको छ । बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ ।

सोमबार नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १० करोड ६ लाख २१ हजार ४४० बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट ५ करोड १ लाख ६८ हजार ४८, एबीएल डिबेन्चर ४ करोड ८७ लाख ५० हजार, एनएमबी बैंक २ करोड ५४ लाख १० हजार ३७० र साल्ट ट्रेडिङ कर्पोरेशनको २ करोड ४६ लाख ६५ हजार ९५२ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

सोमबार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शेयरधनीले ४.५९ प्रतिशतले कमाए ।

यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए ।

सम्बन्धित समाचार