मुक्तिनाथ र टेस्ला डाएग्नोस्टिकबीच सहकार्य

मुक्तिनाथ विकास बैंक लि र टेस्ला डाएग्नोस्टिक क्लिनिक वालुवाटारबीच बैंकका ग्राहकहरूलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।



मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरू मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ्ग लगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरूङ्गले बताएको कुरा बैंकबाट जारी प्रेस रिलिजमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार