भित्रीवस्त्र बाहिर लगाएको भन्दै दीपिका भईन् ट्रोलको शिकार

बलिउड चर्चित नायिका दीपिका पादुकोण ट्रोलको शिकार भएकी छिन् । यसपटक उनी आफूले लगाएको पहिरनको कारण ट्रोल हुन् पुगेकी हुन् ।

यस्तै उनका श्रीमान रणवीर सिंह निकै नै अचम्मका पहिरन लगाउने नायकका रुपमा परिचित छन् भने उनको यस्ता पहिरनले उनी पनि बेलाबखत ट्रोलको शिकार भइरहेका हुन्छन् ।



दीपिका आजभोलि आफ्नो रिलिजको तयारीमा रहेको फिल्म छपाकको प्रोमोसनमा व्यस्त छिन् । यसैक्रममा उनको पछिल्लो तस्बिर देखेर उनलाई पनि श्रीमान रणवीर सिंहको असर पर्न थालेको प्रयोगकर्ताहरुले बताइरहेका छन् । दीपिकाले अचम्मको सर्ट, जिन्स र हाइ हिल्स लगाएकी छिन् । उनको हिल्समा रिबन पनि राखिएको छ । उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् ।

https://www.instagram.com/p/B6sQudJHl9R/?utm_source=ig_embed

उनको यो पहिरनको तस्बिर अहिले सोसल मिडियामा भाइरल भइरहेको छ जसकारण उनलाई निकै ट्रोल गरिँदैछ ।

यस्तै एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग सर्‍यो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ ?’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?’

बलिउडमा बेलाबखतमा नायक नायिकाहरु पहिरनका कारण निकै नै ट्रोल भइरहेका हुन्छन् ।

सम्बन्धित समाचार