नयाँ बर्ष मनाउन मल्लिका सेरावत लुम्बिनीमा

बलिउडकी चर्चित नायिका मल्लिका सेरावत नेपाल आइपुगेकी छिन् । उनी नयाँ वर्ष २०२० मनाउनका लागि आइतबार बिहान नेपाल आएकी हुन्।

उनले नेपाल आउने क्रममा ट्वीटरमा एक भिडियोसँगै क्याप्सन लेखेकी थिइन्, ‘नयाँ वर्षको लागि बुद्धको जन्म स्थान नेपालको भ्रमण गर्न आतुर रहेकी छु।’



आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी सेरावत आइतबार नै लुम्बिनीस्थित टाइगर प्यालेस रिसोर्ट भैरहवा पुगेकी छन् । सेरावतले नयाँ वर्षको उल्लासमय समय बुद्धको जन्मस्थल लुम्बिनीमा बिताउने छिन् ।

मल्लिका बलिउडमा आइटम डान्सरका रुपमा चर्चित छिन् ।

सम्बन्धित समाचार