नयाँ वर्षसँगै बलिवुड बक्स अफिसमा घमासान भिडन्त

सन् २०२० को शुरुआतदेखि नै बलिवुडका ठुला फिल्महरु एकैसाथ रिलिज हुने भएपछि अहिले सबैको नजर बक्स अफिस तिर हुने भएको छ । बलिवुडका लागि सन् २०१९ को शानदार समाप्ति पछि जनवरी महिनामा थुप्रै फिल्म रिलिज हुनको लागि तयार रहेका छन् । यी चलचित्रमा पिरियड ड्रामा फिल्मदेखि डान्सिंग, सामाजिक मुद्धा र महिला प्रधान फिल्ममा आधारित छन् ।

वर्षको पहिलो शुक्रवार यी तीन मुख्य हिन्दी फिल्म रिलिज हुन लागेको छ । यसमा पहिलो, करण कश्यप निर्देशित फिल्म ‘सब कुशल मंगल’ रहेको छ । यस कमेडी फिल्ममा अक्षय खन्ना, प्रियांक शर्मा र रीवा किशन मुख्य भूमिकामा रहेका छन् । यससंगै रानी स्क्रूवाललको फिल्म ‘भंगडा पा ले’ पनि रिलिज हुदै छ । यस फिल्ममा अभिनेता विक्की कौशलका भाई सनी कौशल र रुखसार ढिल्लो मुख्य भूमिका देखिने छन् । पहिलो शुक्रवार रिलिज हुने तेश्रो मुख्य चलचित्र ‘शिमला मिर्च’ रहेको छ । यस फिल्ममा हेमा मालिनी, राजकुमार राव र रकुल प्रीत सिंह मुख्य भूमिकामा रहेका छन् ।



जनवरी महिनाको दोश्रो शुक्रवार मल्टीस्टारर फिल्म ‘तानाजीस्द अनसंग वारियर’ रिलीज हुदै छ। यस फिल्ममा अजय देवगन, सैफ अली खान र काजोलले मुख्य भूमिका निभाएका छन् । यस फिल्मलाई अजय देवगनले नै निर्माण गरेका हुन् । सोहि दिन अर्को फिल्म दीपिका पादुकोण र विक्रान्त मेसीको ‘छपाक’ रिलिज हुदै छ । मेघना गुलजार निर्देशित उक्त फिल्म एसिड अट्याकबाट बचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेको छ । यी दुवै फिल्मलाई टक्कर दिन सुपररस्टार रजनीकान्तको फिल्म ‘दरबार’ रिलिज हुँदैछ । यस फिल्मको माध्यमबाट रजनीकान्त लामो समयपछि फिल्म जगतमा कमव्याक गर्दै छन् ।

त्यस्तै १७ जनवरीमा ‘प्यार का पंचनामा’ फेम सनी सिंहको फिल्म ‘जय मम्मी दी’ रिलीज हुँदैछ । लव रन्जन निर्देशित र नवजोत गुलाटी निर्देशित यस फिल्ममा सोनाली सेहगल मुख्य भूमिकामा छन् । त्यस्तै २४ जनवरीमा भारतीय गणतत्र दिवसको मौकामा दुई ठुला फिल्म रिलिज हुँदै छन् । पहिलो फिल्म रेमो डिसूजा निर्देशित डान्स फिल्म ‘स्ट्रीट डान्सर ३ डी’ रहेको छ । यस फिल्ममा वरुण धवन, श्रद्धा कपूर, प्रभूदेवा र नोरा फतेही मुख्य भूमिकामा छन् । सोहि दिन कंगना रनावत अभिनित चलचित्र ‘पंगा’ पनि रिलिज हुदै छ ।

त्यस्तै जनवरी २०२० को अन्तिम शुक्रवार दुईवटा मुख्य हिन्दी फिल्म रिलीज हुँदैछन् । पहिलो सैफ अली खानको फिल्म ‘जवानी जानेमन’ हो । यस फिल्ममा सैफ बाहेक तब्बू र आलिया फर्नीचरवाला पनि मुख्य भूमिकामा रहेका छन् । त्यस्तै यससंगै राकेश ठक्कर निर्देशित ‘ह्याप्पी हार्डी एन्ड हिर’ पनि रिलिज हुनेछ । यस फिल्ममा हिमेश रेशमिया र सोनिया मानको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित समाचार