फिल्म ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक, परमिता र बुद्दी निगेटिभ भूमिकामा

एक्सन-लभस्टोरी फिल्म ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म दि कर्माको ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ । फिल्ममा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामाङको प्रमुख भूमिका रहेको छ भने परमिता र बुद्दीलाई नकारात्मक भूमिकामा देखाइएको छ ।

भारतीय मुलका अभिनेता करण वर्माको आकर्षक शरीर र एक्सनले ध्यान खिच्न सक्छ । नेपालको तराई क्षेत्रमा छायांकन भएको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता जय राज राय आफैले लेखेका हुन् ।



फिल्ममा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । शुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् । शारदा खड्का अर्याल सह-निर्माता रहेको फिल्ममा कोशिश क्षेत्रीरमानस थापारअंकित बाबु अधिकारीको संगीत र रामेश्वर कार्कीको छायांकन छ ।

दि कर्माको ट्रेलर :

https://youtu.be/O86DRPm7ppM

सम्बन्धित समाचार