भारतले भन्यो – ‘नेपालको भूमि मिचेका छैनौं’

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेपछि आलोचित भएको भारतले बिहीवार पनि अडान दोहोर्‍याएको छ । जम्मु-कश्मीर र लद्दाखलाई अलग गरेपछि नोभेम्बरमा जारी गरिएको नक्सामा भारतले नेपालको ३७ हजार हेक्टर भन्दा धेरै भूमि आफ्नोतर्फ राखेपछि तेस्रो पटक पुरानै अडान दोहोर्‍याएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा पुरानै अडान दोहोर्‍याएका हुन् । नेपाली भूमि कालापानीबाट आफ्ना सैनिक हटाउन र मिचिएको भूमि छाड्न नेपालले दुई पटक कूटनीतिक नोट पठाउँदा पनि भारतले आफ्नो अडान नछाडेको हो । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रविश कुमारले भारतले नोभेम्बरमा जारी गरेको नक्सामा समेटिएको सबै भूभाग सार्वभौम भारतकै भएको जिकिर गरेका हुन् ।



प्रवक्ता कुमारलाई बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन वार्ताबारे पनि पत्रकारले प्रश्न सोधेका थिए । तर कालापानी प्रकरणबारे पनि सोधिएको प्रश्नमा उनले घुमाउरो उत्तर दिए । ‘दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद परम्परागत द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन कुराकानी भयो’, उनले भने ‘त्यसक्रममा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान भएको थियो । यसबारेमा हामीले प्रेस नोट पनि निकालिसकेका छौँ ।’

सम्बन्धित समाचार