सलमान र कबीर खान चौथो फिल्ममा काम गर्दै

बलिवुड अभिनेता सलमान खान र चर्चित निर्देशक कबीर खानले चौथो फिल्ममा सहकार्य गर्ने भएका छन् ।

हाल आगामी इदमा रिलिज हुने फिल्म राधेको शुटिंगमा व्यस्त सलमानले त्यसपछि कबीर खानसँगको फिल्म गर्ने मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।



अहिले सलमानले किक-२ वा सत्ते पे सत्ताको रिमेकमा काम गरेपनि अझै कुनै फिल्म साइन भने गरेका छैनन् ।

निर्देशक कबीर खान अहिले क्रिकेटर कपिल देवको जीवनीमा आधारित फिल्म ८३ को शुटिंग सकेका छन् । कबीर खानले ८३ पछि अर्को फिल्म सलमानसँग गर्ने सम्भावना रहेको बताइएको छ ।

सलमान र कबीर खानले यस अघि एक था टाइगर र बजरंगी भाइजानजस्ता सुपरहिट फिल्ममा सँगै काम गरेका छन् । दुवैको गतबर्ष रिलिज भएको फिल्म ट्युबलाइट भने बक्सअफिसमा असफल भएको थियो ।

बलिवुड हंगामाका अनुसार सलमान र कबीर खानले २०२० को मध्य सम्ममा नयाँ फिल्मको घोषणा गर्ने बताइएको छ ।

सम्बन्धित समाचार