बलिउड अभिनेत्री रविना टन्डन, चर्चित निर्देशक फराह खान र हास्यव्यंग्य कलाकार भारती सिंह धार्मिक विवादमा फसेका छन्।
क्रिश्चियन धर्मको अपमान गरेको भन्दै उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि उनीहरु विवादमा परेका हुन् । गत महिना डिसेम्बरमा एक हास्यव्यंग्य कार्यक्रममा उनीहरुले क्रिश्चियन धर्मको अपमान गरेको आरोप रहेको छ ।
उनीहरुविरुद्ध पन्जावको रुपनगर शहरको अदालतमा मुद्दा दर्ता भएको छ । यसअघि अमृतसरमा पनि उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।
उनीहरुले क्रिस्चियनहरुले प्रयोग गर्ने शब्द ‘हालेलुइया’लाई गलत रुपमा प्रयोग गरेको बताइएको छ । भिडियोमा फराह खानले भारती र रविनालाई हालेलुइया शब्द अंग्रेजीमा लेख्न लगाएको देख्न सकिन्छ ।
त्यसपछि उनीहरुले यस शब्दलाई हासोमजाक गर्छन् । भारतमा रहेको क्रिश्चियनहरुले उनीहरुको आलोचना गरिरहेका छन् ।
यसबीचमा उनीहरुले माफी मागेका छन् ।