मनिषाले लगाइदिइन् ज्याकी श्राफलाई  ढाकाटोपी

बलिउड अभिनेता ज्याकी श्राफलाई अभिनेत्री मनिषा कोइरालाले ढाकाटोपी लगाइदिएकी छिन् । ज्याकीलाई नेपाली ढाकाटोपी लगाइदिएको तस्वीर मनिषाले सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

मनिषाले मातापिताका साथ ज्याकीलाई भेटेकी हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ज्याकीसँगको तस्वीर शेयर गर्दै ज्याकीसँगको समय विशेष र उदाहरणीय भएको बताएकी छिन् ।



लामो समय क्यान्सरसँग लडेकी मनिषा पछिल्लो समय भने स्वस्थ छिन् । ज्याकी र मनिषा मिल्ने साथी पनि हुन् ।

मनिषाले ज्याकीलाई ढाकाटोपी उपहार दिएपछि नेपाली फ्यानले खुशी व्यक्त गरेका छन् । लामो समय बलिउडमा सक्रिय रहेकी मनिषा कोइरालाले नेपाली फिल्ममा पनि काम गरेकी छिन् ।

सम्बन्धित समाचार