पछिल्लो समय नायक नाजिर हुसेनलाई म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ, तर अपसोच जतिपनि भिडियो गरे सबैमा उनको प्रेमले असफलता मात्रै हात पारेका छन् । गीत भरी प्रेमका लागि नाजिरले राम्रै पापड बेल्न त बेल्छन् तर सफल भने हुन सकेका छैनन् । आश्चर्यको कुरा त के छ भने, प्रेममा सफल नभएता पनि नाजिरका म्युजिक भिडियो भने सफल भएका छन् ।
हालै नाजिरको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ ‘प्रेम गर्ने जन्तर’ । भिडियोको संगीत र शब्दको लोक फ्लेवर र गीतको कोरियोग्राफी आकर्षक छ । साथमा नाजिरको बेजोड अभिनय र नृत्य धेरैको मन जित्ने निश्चित छ । नाजिरका साथ तालमा ताल मिलाई सरुसा महर्जनले कम्मर मर्काएकी छिन् । यस पटक नाजिर ‘जन्तर’ सहित नवमोडल सरुसाकै पछि लागेका छन् ।
गीतमा शब्द र संगीत सिर्जना किरण पहाडीको रहेको छ । दीपक महर्जनको स्वर रहेको गीतमा महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको कोरियोग्राफी रहेको छ । रोशन श्रेष्ठको निर्देशनमा तयार भएको यस गीत हरि घले मगरले खिचेका हुन् भने सम्पादन सुरेश बाडेले गरेका छन् ।
https://www.youtube.com/watch?v=ZtUh3zqM9Sc&fbclid=IwAR0Mtnvp99g7HAgUCEX9NeA4D2tycluB_X6suqjTWQo7hDXpTePI8tGY5j0