बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बिहीवार राति भएको खेलमा एट्लेटिको मडिड्रले बार्सिलोनालाई ३–२ गोल अन्तरले हरायो । १३ पटकको विजेता बार्सिलोनालाई पराजित गर्न खेलको अन्त्यतिर मड्रिडका एन्जिल कोरियाले निर्णायक गोल गरे ।
एट्लेटिको मड्रिडका लागि ४६औं मिनेटमा कोकी क्लिनिक, ८१औं मिनेटमा अल्भरो मोराटा र ८६औं मिनेटमा एन्जिल कोरियाले गोल गरे । बार्सिलोनाका लागि लियोनल मेस्सीले ५१औँ र एन्टोनी ग्रिजम्यानले ६२औं मिनेटमा गोल गरे ।
अब स्पेनिस सुपर कपको उपाधिका लागि एट्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियलले भने भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। फाइनल खेल आइतवार हुने छ।