बिग बासमा डेभिलियर्सको डेभ्यु, ब्रिसबेनको जितमा ४० रन बनाए

अस्ट्रेलियामा जारी बिग बास लिगमा एबी डेभिलियर्सले ब्रिसबेन हिटबाट डेभ्यु गरेका छन् । डेभिलीयर्सको डेभ्यु खेलमा ब्रिसबेनले एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले पराजित गरेको छ ।

एडिलेडले दिएको १११ रनको लक्ष्यलाई ब्रिसबेनले १४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।



ब्रिसबेनको जितमा माट रेनशवले अविजित ५२ रन बनाए । त्यस्तै बिग बासमा डेभ्यु खेलमा एबी डेभिलियर्सले ४० रन बनाए । उनले ३२ बलमा ५ चौका प्रहार गर्दै ४० रन बनाए । त्यस्तै जोय बर्न्सले अविजित १० रन बनाएका थिए ।

एडिलेडका रशिद खान, लियाम ओकोनर र माइकल नेसेरले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको एडिलेडले १९ ओभरमा अलआउट हुदै ११० रन बनाएको थियो । एडिलेडका लागि रशिद खानले सर्वाधिक २८ रन बनाएका थिए । त्यस्तै जोनाथन वेल्सले १४, म्याथ्यु शर्ट र माइकल नेसेरले ११(११ रन बनाएका थिए ।

ब्रिसबेनका बलर जेम्स पाटिसनले सर्वाधिक ५ विकेट लिए भने जोस लालोर र बेन कटिंगले २(२ विकेट लिएका थिए ।

यो जितपछि ब्रिसबेन ९ खेलमा १० अंक हासिल गर्दै लिगको चौथो स्थानआमा उक्लिएको छ भने एडिलेडको ९ खेलमा ८ अंक रहेको र लिगको पाँचौ स्थानमा रहेको छ ।

सम्बन्धित समाचार