भारत टुरमा रहेको अस्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा भारतलाई १० विकेटले पराजित गरेपछि पछिल्लो १५ बर्षमा भारतले ठुलो अन्तरको हार बेहोरेको भन्दै आलोचना भएको छ ।
गएराती मुम्बईमा सम्पन्न खेलमा भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले कुनै विकेट नगुमाएर ३७.४ ओभरमा पुरा गरेको थियो । जसमा डेविड वार्नरले १२८ र कप्तान एरोन फिन्चले ११० रन बनाएका थिए ।
यो भारतको पछिल्लो १५ बर्षकै सबैभन्दा ठुलो हार बनेको छ । यस अघि भारतले सन् २००५ मा दक्षिण अफ्रीकासँग १० विकेटको हार बेहोरेको थियो । २००५ को नोभेम्बर २५ मा कोलकोतामा सम्पन्न खेलमा भारतले यस्तै लाजमर्दो हार बेहोरेको थियो । सो खेलमा भारतले दिएको १८९ रन पछाएको दक्षिण अफ्रीका, ग्रीम स्मिथको १३४ रनको पारीको मद्धतले दक्षिण अफ्रीकाले भारतलाई १० विकेटले पराजित गरेको थियो ।
यो जितसँगै ३ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो खेल १७ र तेस्रो खेल १९ जनवरीमा खेलिने छ ।