लव आजकल-२ को फर्स्ट लुक सार्वजनिक, कार्तिक र साराको गजबको केमेष्ट्री

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान फिचर्ड फिल्म लव आजकल-२ को फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ ।

यस बर्षको बहुप्रतिक्षित फिल्म लव आजकल(२ को फर्स्ट पोष्टर फिल्मका प्रमुख कलाकार र निर्देशक इम्तियाज अलीले आफ्नो सामाजिक संजाल एकाउन्टबाट सार्वजनिक गरेका छन् ।



पोष्टर रिलिज हुनासाथनै कार्तिक र साराले फेरी एक पटक सबैको ध्यान आफूतिर खिच्न सफल भएका छन् । फिल्मको ट्रेलर शुक्रबार रिलिज हुदै छ । सन् २००९ मा रिलिज भएको सुपरहिट फिल्म लव आजकलमा साराका पिता सैफअली खान र दिपीका पादुकोणले शिर्ष भूमिका निभाएका थिए ।

यस फिल्ममा कार्तिक र साराक अलावा रणदीप हुद्दा प्रमुख भूमिकामा रहेका छन् । फिल्म शुटिंगकै क्रममा कार्तिक र साराको अफ्येर्स र ब्रेक मिडियाका लागि हेडलाइन बनेका थिए । अहिले दुवै एकअर्काबाट अलग भएको मिडिया रिपोर्ट आइरहेको छ ।

फिल्म फेब्रुअरी १४ मा रिलिज हुदै छ ।

सम्बन्धित समाचार