रेखा थापाले दिएको यस्तो एक बयानले बाबुरामको होस उडायो

सामाजिक सञ्जालभरी अहिले ‘द लिडर’ कार्यक्रमको चर्चा सुरु भएको छ । २० लाख नगद, एक अमार्टमेन्ट अनि कार उपहार भएको रियालिटी टिभी शोबारे अहिले मानिसहरुको धारणा फेरिन थालेको छ । पछिल्लो समयमा चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता भएको यो कार्यक्रमले एक सच्चा नेता छान्ने भनिएको छ ।

नेता छान्नका लागि पुर्व प्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, साझा पार्टीका संयोजक रबिन्द्र मिश्र र पुर्व प्रधान न्यायधीश शुसीला कार्की जज रहेका छन् । अरु दुई जना थप्ने हल्ला पनि भइरहेको छ । यो बीचमा निर्वाचनमा जनताले बहिष्कार गरेका नेताहरु लिएर कार्यक्रम सुरु गर्न लागेको भन्दै विरोध पनि भइरहेको छ । आवेदनका लागि १ हजार नेपाली रुपैंयाँ र विदेशबाट १५ डलर शुल्क लिने गरिएको छ । निर्णायकमा सबैभन्दा धेरै डा. बाबुराम भट्टराई विवादमा आएका छन् ।



उनको विगतलाई लिएर धेरैले आलोचना गरिरहेका हुन् । यो भिडमा चर्चित नायिका रेखा थापा पनि मिसिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै ‘बाबुराम भट्टराईलाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्यो, सधैं सहायक हुने आदत परेको छ । यत्तिको बुद्दि भाका मान्छे आँफै पनि केही गरे हुने, नभए नेकपामा सम्मानित भएर बस्दा कसो हुँदो हो ?’ भन्दै स्टाटस लेखेकी छिन् । अहिले उनको यो स्टाटस भाइरल भइरहेको छ । यो स्टाटस बाबुरामले समेत हेरेको र यसमा खासै प्रतिक्रिया नदिएपनि ठिकै हो भन्ने भाव झल्किएको उनका सहयोगीले बताए ।

स्टाटस

बाबुराम भट्टराई लाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्‍यो, सधैं सहायक हुने आदत परेको छ । यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने, नभए नेकपामा सम्मानित भएर बस्दा कसो हुँदो हो र ?

सम्बन्धित समाचार