अजय देवगनको तन्हाजीले कमायो सय करोड

गत शुक्रबार बलिवुडमा रिलिज भएको अजय देवगनको फिल्म तन्हाजीले सय करोड कमाई गरेको छ । तन्हाजीले रिलिजको छैठौ दिन बुधबार १५ करोड कमाई गरेर बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ ।

तानाजीले अहिलेसम्म १०५ करोड ९६ लाख कमाई गरेको छ । अजयको तन्हाजीले बक्स अफिसमा तीन दिनमा तन्हाजीले ६१ करोड ७५ लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले सोमबार १३ करोड ७५ लाख, मंगलबार १५ करोड २८ लाख कमाई गरेको थियो ।



अजयको तन्हाजीले महाराष्टमा राम्रो कमाई गरेकाले दर्शकको उत्साहजनक उपस्थितिले छपाक ओझेलमा परेको फिल्म विश्लेषकहरुले बताएका छन् ।

सम्बन्धित समाचार