अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते

बलिवुड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते भएकी छन् । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार आजमी चढेको गाडी ट्रकसँग ठोकिएपछि दुर्घटना भएको हो ।

दुर्घटनापछि उनलाई नजिकको अस्पतालमा इमर्जेन्सीमा भर्ना गरिएको थियो भने अहिले उनको मुम्बईस्थित एमजीएम अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाले बताएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको बताइएको छ ।



घटनामा आजमी चढेको गाडीको ड्राइभर पनि गम्भीर रुपमा घाइते भएका छन् । सो गाडीमा जावेद अख्तर पनि गाडीमा भएपनि उनलाई कुनै चोट नलागेको बताइएको छ ।

आजमीको गाडी मुम्बई भन्दा ६० किमी टाढा कोल्हापुरको नजिक शनिबार दिउसो साढे ३ बजे दुर्घटनामा परेको थियो ।

सम्बन्धित समाचार