मिटू प्रकरणमा अनु मलिकलाई राहत !

बलिवुडका चर्चित संगीतकार अनु मलिकविरुद्धको मिटू (यौन हिंसा) को मुद्धा बन्द भएको छ । भारतीय महिला आयोगले मलिकलाई लगाइएको आरोप पुष्टि हुन नसकेकोले यो प्रकरण बन्द गरेको जानकारी दिएको छ ।

२०१८ मा मलिकमाथि दुई गायिका श्वेता पण्डित र सोना महापात्राले यौन शोषणको आरोप लगाएका थिए । श्वेताले आफु १५ बर्षको हुँदा मलिकले कामको बदलामा आफुलाई किस दिन भनेको भन्दै मलिकमाथि मिटूको आरोप लगाएकी थिइन् ।



यद्यपी यो केस सधैका लागि बन्द भने नभएको महिला आयोगकी अध्यक्षले बताएकी छन् । प्रमाणसहित आएमा आयोगले यो केसलाई फेरी अगाडी बढाउन सक्ने भन्दै अहिले आरोपविरुद्ध पर्याप्त प्रमाण नरहेको बताएको छ ।

मलिकलाई इण्डियन आइडलको जजको रुपमा अघिल्लो सिजन र यो सिजन गरी दुवै सिजनमा यसै प्रकरणका कारण बिचमै शो छोड्नु परेको थियो ।

मलिकले भने आफुलाई लगाएको आरोप अस्विकार गर्दै आएका छन् ।

सम्बन्धित समाचार