भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनीका बारेमा अनेकौ अड्कल चलिरहेका बेला आइपिएल टिम चेन्नई सुपर किंग्सका मालिकले धोनीको भविष्य बारे नयाँ खुलासा गरेका छन् ।
चेन्नईका मालिक एस श्रीनिवासनले धोनीलाई अर्को बर्षपनि रिटेन गर्ने र चेन्नई सुपरकिंग्सलाई अर्को बर्षपनि धोनीले नै नेतृत्व गर्ने स्पष्ट गरेका छन् ।
धोनी चेन्नई सुपर किंग्समा शुरुवातको समयदेखि नै रहेका छन् । बीचमा दुई बर्ष चेन्नईलाई प्रतिबन्ध लाग्दा बाहेक चेन्नईबाट नै खेलिरहेका छन् । धोनीकै नेतृत्वमा चेन्नईले तीन पटक आइपिएलको उपाधि समेत जितेको छ ।
गत जुलाईमा विश्वकप क्रिकेटको कहल पछि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका धोनीलाई भारतीय क्रिकेट बोर्डले सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर राखेपछि धोनीको अन्तर्राष्ट्रिय क्रिकेट सकिएको अनुमान गरिएको छ ।
यद्यपी धोनीले अहिले झारखण्डको रणजी ट्रफी टिमसँग अभ्यास गरेर आइपिएलको तयारी शुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।