आस्था राउतलाई दीपकराज गिरीको सुझाव : त्यो प्रहरी जवान बहिनीसंग म माफ़ी माग्छु तिमी पनि माग

गायिका आस्था राउतले प्रहरीप्रति दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनीमाथि कार्वाही गर्ने बताइरहेको छ ।

अहिले सामाजिक सञ्जालहरुमा प्रहरीको दुर्व्यवहारको कुरा गौण बन्दै गएको छ भने गायिका आस्था राउतप्रति आलोचना बढ्दै गएको छ । चर्चित गायिकामाथिको यस्तो आलोचनाले सिङ्गो कला क्षेत्रलाई दुःखाएको छ । यसैले अहिले कला क्षेत्रका विभिन्न व्यक्तिहरुले गायिका आस्थालाई विभिन्न सुझावहरु दिंदै यस घटनालाई ‘बिट’ मार्न आग्रह गरेका छन् ।



कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । आज आफ्नो फेसबुक पेजमा आस्थालाई सम्बोधन गर्दै उनले त्रिभुवन विमानस्थलमा भएको घटनाप्रति प्रहरीसँग माफी माग्न सुझाव दिएका हुन् ।

गल्ती आस्था र प्रहरी जवान दुवैबाट भएको भन्दै उनले चौतर्फी आस्थाको आलोचना भइरहेको भन्दै आफ्नो गल्ती स्वीकार गर्न उनले आस्थालाई सुझाव दिएका छन् ।

‘आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दुःख लाग्छ । त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु’, उनले लेखेका छन्, ‘तिमी पनि माग । सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौं, यो वास्तविकतालाई बुझौं ।’ गल्ती अरुकै भए पनि दोष कलाकारलाई आउने गरेको उनको भनाइ छ ।

नेपालमा सेलिब्रिटी कल्चर नरहेको भन्दै कलाकार दीपकराज गिरीले नेताहरुलाई मात्रै भीआईपी मान्ने प्रवृतिको समेत आलोचना पनि गरेका छन् । ‘विदेशमा प्रायः यस्तो घटना हुँदैन किनकी त्यहाँ नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने व्यापारीहरू, नाम चलेका खेलाड़ी, कलाकारहरूलाई पनि भीआईपी मानिन्छ’, उनले लेखेका छन् ।

यस्तो छ दीपकराज गिरीको स्टाटस

https://www.facebook.com/deepakrajgiri84/posts/2907095749354080

 

 

सम्बन्धित समाचार