बाहुबली फेम अभिनेता प्रभासले आफ्नो नयाँ फिल्मको शुटिंग शुरु गरेका छन् । पछिल्लो फिल्म साहोले बक्स अफिसमा आशा गरे अनुसार सफलता पाउन नसकेपछि निराश भएका प्रभासले अन्तत: नयाँ फिल्मको काम शुरु गरेका हुन् ।
प्रभासको नयाँ फिल्मको नाम ‘जान’ रहेको छ । यस फिल्मलाई राधा कृष्ण कुमारले निर्देशन गर्दै छन् । यस फिल्मलाई तमिल, तेलेगु र हिन्दीमा एकै पटक शुटिंग गर्न लागिएको बताइएको छ । यसका अलावा फिल्मलाई अन्य कैयौ भाषामा डब समेत गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
गत नोभेम्बर देखि नै यस फिल्मको शुटिंग हुने बताइएको भएपनि साहोको असफलताका कारण प्रभासले केहि समय लिएर नयाँ फिल्मको काम शुरु गरेका हुन् ।
यो फिल्म एक पिरियड लव स्टोरी हुने र यस फिल्ममा प्रभास एक ज्योतिषीको भूमिकामा हुने बताइएको छ । यस फिल्ममा प्रभासको अपोजिट अभिनेत्री पुजा हेगडे रहेकी छन् ।