इराकस्थित अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, तीनवटा रकेट खसालिए

इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएको छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेको अमेरिकी दूतावास नजिकै तीनवटा रकेट खसालिएको छ।

घटनामा भएको क्षतिबारे कुनै जानकारी आएको छैन। रकेट आक्रमण लगत्तै साइरन बजेको थियो। इराकले अमेरिकालाई तर्साइरहन रणानीति लिएकाे जानकार बताउछन् ।



आजतकका अनुसार मंगलबार बगदाद बाहिर जफरनियाह जिल्लाबाट रकेट प्रक्षेपण गरिएको थियो। अमेरिकी दूतावास नजिकै यसअघि पनि रकेट आक्रमण भएको थियो।

सम्बन्धित समाचार