अक्षयकुमारले एक फिल्मका लागि लिए १२० करोड !

बलिवुडमा खेलाडी कुमार उपनामले चिनिएका अभिनेता अक्षयकुमारले एक फिल्मका लागि १२० करोड पारिश्रमिक लिएको खबर आएको छ ।

बलिवुड हंगामाका अनुसार अक्षयले अहिले नाम निश्चित नभएको निर्देशक आनन्द एल रायको फिल्मका लागि १२० करोड पारिश्रमिक लिने भएका छन् ।



सन् २०१९ चार फिल्म रिलिज गरेका अक्षयले चारै फिल्म सुपरहिट भएका थिए । उनका चार फिल्मले कुल ७२० करोड कमाई गरेका थिए ।

यसका साथै अक्षय बलिवुडमा सर्वाधिक पारिश्रमिक पाउने अभिनेता समेत बनेका छन् । बलिवुडमा अहिले धेरै जसो चलेका कलाकार निर्माताको रुपमा शेयर लियर फिल्ममा काम गरिरहेको अवस्थामा अक्षयले एउटै फिल्मबाट १२० करोड लिएबाट अक्षयले बलिवुडमा नयाँ किर्तिमान कायम गरेका छन् ।

अहिले बलिवुडमा अक्षयकुमारको नाम सफलताको पर्याय बनेको छ । अक्षयले अभिनय गर्ने फिल्मको नाम अझै तय हुन बाँकी रहेको र फिल्ममा सारा आली खान र धनुष पनि प्रमुख भूमिकामा हुने बताइएको छ । फिल्मको शुटिंग २०२० को मद्यबाट शुरु हुने र फिल्मको घोषणा केहि सातामै अक्षयले गर्ने बताइएको छ ।

अहिले अक्षयलाई विभिन्न डिजिटल तथा सेटलाइट नेटवर्कले पनि आकर्षक अफर गरिरहेको भएपनि अक्षय भने फिल्ममा नै ध्यान दिने बताउदै आएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार