न्युजील्याण्डविरुद्ध भारतीय टिमको घोषणा, शा पहिलो पटक एकदिवसीय टिममा

भारतले न्युजील्याण्डविरुद्ध खेल्ने एकदिवसीय र टी-२० टिमको घोषणा गरेको छ । अस्ट्रेलियाविरुद्धको सिरिजमा घाइते भएका शिखर धवन टिमबाट बाहिरिएका छन् भने उनको ठाउमा एकदिवसीय खेलमा युवा खेलाडी पृथ्वी शाले मौका पाएका छन् भने टी-२० सिरिजका लागि विकेटकिपर ब्याट्सम्यान संजू सामसनलाई मौका दिइएको छ ।

पृथ्वी शाले एकदिवसीय टिममा पहिलो पटक मौका पाएका हुन् । यस अघि भारतका लागि टेस्ट खेलिसकेका शा पछिल्लो समय इन्जुरी र प्रतिबन्धका कारण टिम बाहिर थिए भने हालै भारत ए को न्युजील्याण्ड टुरमा उनले शतकीय पारी खेल्दै पुनरागमन गरेका छन् । न्युजील्याण्डविरुद्धको एकदिवसीय खेलमा शाले खेल्ने मौका पाएमा उनको यो डेभ्यु खेल हुने छ भने भारतबाट एकदिवसीय क्रिकेट खेल्ने उनी २३०औ खेलाडी हुने छन् ।



भारतले न्युजील्याण्डविरुद्ध ५ टी-२० खेल र ३ एकदिवसीय खेल तथा २ टेस्ट खेल खेल्ने छ । टी-२० सिरिजको पहिलो खेल आगामी शुक्रबार हुदै छ ।

एकदिवसीय टिम स् विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), पृथ्वी शा, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, रिषव पन्त, शिवम दुवे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहमद सामी, नवदीप सैनी, शार्दुल ठाकुर र केदार जादव ।

टी-२० टिम स् विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), संजू सामसन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, रिषव पन्त, शिवम दुबे, कुलदीप यादव, युजवेन्द्र चहल, वाशिंटन सुन्दर, जसप्रित बुमराह, मोहमद सामी, नवदीप सैनी, रविन्द्र जडेजा, शार्दुल ठाकुर ।

सम्बन्धित समाचार