विवाह अगाडि हुनेवाला जीवन साथीसँग सोध्नुहोस् यी ५ प्रश्न

जीवन साथीसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस् भन्ने चाहन्छन नै । सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन। प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाईले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको होला ।

तर मागी विवाहको क्रममा हुनुहुन्छ भने त तपाइँले तपाइँको भावी जीवन साथीका बारेमा धेरै धेरै कुरा थाहा पाउनु भएको हुनेछैन । जसका कारण वैवाहिक जीवनमा पनि समस्या देखा पर्न जान सक्छ। त्यस कारण तपाईले केही सावधानी अपनाउन आवश्यक हुन्छ र पार्टनर हुन् लागेको व्यतिका बारेमा धेरै जानकारी लिनका लागि केही विषयबारे सोध्नु पर्ने हुन्छ । जसका कारण तपाइँको आगामी दिनहरु सुखपूर्वक बित्ने छ । विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी प्रश्नहरु :



तपाईको अभिभावकले पैसाको मामलामा बचपनमा कति छुट दिनुभयो ?

हुनेवाला जीवनसाथीसँग उसको घरपरिवारले पैसाको विषयमा कस्तो दृष्टिकोण राख्छन् र बचतलाई कति महत्व दिन्छन जान्ने कोशिस गर्नुहोस्। जसले गर्दा उसको व्यवहारको बारेमा बुझ्न तपाईलाई सजिलो हुनसक्छ ।

कर्जा र इच्छाएको व्यवसायमा भविष्य कसरी बनाउने ?

पैसासँग सम्बन्धीत धेरै जिम्मेवारी हामी सबैलाई उत्तिकै महत्वपूर्ण हुन्छ। यदि तपाईको परिवारले तपाईलाई पढाउन कर्जा लिनुभएको छ भने त्यो तिर्नु नै पर्दछ ।

खर्च गर्ने समयमा कति पैसा बाँकी छ भने जाँच गर्नुहुन्छ ?

पैसा खर्च गर्ने बानी श्रीमान–श्रीमतीबीचको झगडाको विउ बन्छ । यसकारण खर्च गर्ने समयमा कति आफूसँग पैसा बाँकी छ वा क्रेडिट कार्डबाट खर्च गर्ने बेलामा कार्ड चेक गर्ने बानी छ कि छैन थाहा पाउनुहोस् ।

पैसासँग सम्बन्धित भविष्यको योजना के छ ?

घर किन्ने, बच्चा प्लानिङ्, रिटायर्डमेन्ट र आकस्मिक अवस्थाको बारेमा खुलेर कुरा गर्नुहोस् ।  बिवाहपछि पढ्ने इच्छा छ भने त्यसको विषयमा पनि कुरा गर्नुहोस् ।

विवाह र हनीमुनको लागि कति खर्च गर्नुहुन्छ ?

आफ्नो हुनेवाला जीवनसाथीलाई तपाई विवाहमा गरिने खर्चको बारेमा के सोच्नुहुन्छ बताउनुहोस् । यदी आफ्नो बचतको ठूलो रकम यसमा खर्च गर्नुहुन्छ भने यो कुरा भने भन्नुहोस् विवाहमा हुने खर्च वा अन्य विषयमा खुलेर कुरा गर्नुहोस् जसले गर्दा पछि आउने समस्याबाट छुटपाउन सकिन्छ ।

सम्बन्धित समाचार