बिहीवार के गर्दा शुभफल प्राप्त हुन्छ ? भुलेर पनि नगर्नुहोस् यी काम

बिहीवारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ । बिहीवारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीवार धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

ज्योतिषशास्त्र अनुसार बिहीवारका दिन केही कामहरु भने बर्जित गरिएको छ । बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीवारको दिन गर्नु उचित मानिँदैन ।



बिहीवारको दिन यी काम गर्दा सुभफल मिल्छ:
केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।
सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।
पहेँलो वस्तु दान गर्नुहोस् ।
भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।
केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।
केरा दान गर्नुहोस् ।

बिहीवारको दिन गर्न नहुने काम –
बिहीवार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास गरिन्छ । तर बिहीवार केही काम गर्न भने निषेध गरिएको छ । कपाल नुहाउनु हूँदैन, रौं काट्नु हुँदैन, दारी काट्ने वा नङ काट्ने, भारी कपडा धुनु र फोहोर गर्नु हुँदैन, लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मानिदैन ।

शास्त्रमा बिहीवार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहीवार कपाल नुहाउनु अशुभ मानिन्छ ।
महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । बिहीवार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

बिहीवारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन अर्थात जीवन भनिएको छ । बिहीवार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

बिहीवार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् । त्यस्तै घरको सरसफाइ माकुराको जालो हटाउने काम पनि बिहीवार नगर्नु नै उत्तम हुन्छ ।

बिहीवारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहीबारको दिन ठूला ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । बिहीवार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहीवारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ ।

बिहीवारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पुजा गर्दा लक्ष्मीको मात्र गर्नु हुँदैन । पुजा गर्दा लक्ष्मी नारायणको पुजासँगै गर्नु राम्रो हुन्छ । यसले पति पत्निबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

सम्बन्धित समाचार