‘एन्टी हिरो’ मा अनमोलले जसितासँग रोमान्स गर्ने

अभिनेता अनमोल केसीले होम प्रोडक्सनको नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङको इन्ट्री भएको छ ।

केही महिना अगाडि नै फिल्ममा जसिता हुने खबर बाहिरिए पनि निर्माण टिमले बुधवार जसितासँग सम्झौता गरेको हो । फिल्मका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता गरेका छन् ।



फिल्म ‘लिलिबिली’ बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ हो । लाभ स्टेशन बक्सअफिसमा असफल भएको थियो ।

काजल फिल्मसको ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायांकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । फिल्मका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएको छैन ।

फिल्ममा भुवन केसीले पनि अभिनय गर्दैछन् । फिल्ममा उनी नकारात्मक भूमिकामा देखिने बताइएको छ ।

सम्बन्धित समाचार