बलिवुडका अभिनेता नसीरुद्धीन र अनुपम एकापसमा किन भिडे ?

भारतमा अहिले नागरिकता कानुनलाई लिएर अनेकौ तहमा बहस जारी छ । यस कानुनका विषयमा भारतका विभिन्न क्षेत्र र तहक मानिसहरुले आफ्नो पक्ष राखिरहेका छन् र यो अहिले चर्चित बहसको विषय पनि बनेको छ ।

यसैक्रममा यस विषयमा बलिवुडका दुई हस्ती अभिनेता एकार्कामा भिडेका छन् । अभिनेता नसीरुद्धीन शाह र अर्का अभिनेता अनुपम खेर एकआपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।



राजनीतक रुपमा अनुपम खेर भारतीय जनता पार्टीको पक्षमा रहेका अभिनेता हुन् भने नसीरुद्धीन शाह कुनै पार्टीप्रति खुलस्त समर्थनमा आएको देखिदैन ।

यसैबीच अनुपम खेरले लगातार सरकारले ल्याएको नयाँ नागरिकता कानुनको पक्षमा वकालत गरिरहेपछि नासीरुद्धीन शाहले एक अन्तर्वार्तामा अनुपम खेर बारे टिप्पणी गर्दै अनुपमका कुरालाई, टिप्पणीलाई सिरियसली नलिन भन्दै उनलाई जोकर र चाप्लुस भनेका थिए ।

नसीरुद्धीनले द वायरसँगको अन्तर्वार्ताका क्रममा अनुपम ट्वीटरमा अनावश्यक टिप्पणी गरिरहेको र उनलाई ध्यान नदिन आग्रह गरे । नसीरुद्धीनले भने : ‘अनुपमको एनएसडी, एफटीटीआइका उनका सहपाठी उनको चाप्लुसी गर्ने बानीको साछी छन् । उनको रगतमा नै यसको अलवा अरु केहि छैन ।’

नसीरुद्धीनको यो बयान पछि अनुपम खेरले पनि कडा जवाफ फर्काएका छन् । अनुपमले नसीरुद्धीनलाई जवाफ दिदै उनलाई कुण्ठित र नशा सेवन गर्ने व्यक्ति भनेका छन् ।

अनुपमले भनेका छन् : ‘शाह साहब, मेरो बारेमा दिएको अन्तर्वार्ता मैले हेर, तपाइले मेरो बारेमा जोकर र मलाई गम्भीरतासँग लिनु हुदैन, म चाप्लुस हुँ, यो मेरो रगतमा छ लगायतका मेरो प्रसंशा गरेकोमा धन्यवाद तर मैले तपाईका यी कुराहरुलाई गम्भीरतासँग लिदिन ।’

अनुपमएल अगाडी भनेका छन् – ‘मैले कहिल्लै पनि तपाइँको नराम्रो भनेको छैन र तपाइको नराम्रो गरेको पनि छैन तर अहिले भन्न चाहन्छु । तपाइले यति धेरै सफलता हासिल गरेर पनि आफ्नो जीवन कुण्ठामा बिताउनु भएको छ । तपाइले दीलिपकुमार, अमिताभ बच्चन, राजेश खन्ना, शाहरुख खान, विराट कोहली सबैलाई दोष पूर्ण बताउन सक्नुहुन्छ, उनीहरुको आलोचना गर्नसक्नु हुन्छ । यिनीहरु कसैले पनि तपाईलाई गम्भीरतासँग लिदैनन । किनकी सबैलाई थाहा छ तपाइँ जुन पदार्थको सेवन गर्नुहुन्छ त्यसको कारणले तपाईलाई सहिर गलत छुट्ट्याउन गाह्रो हुन्छ । मेरो नराम्रो गरेर तपाईलाई एकदुई दिन चर्चामा ल्याउछ भने मैले यो खुशी तपाईलाई दिन चाहन्छु । भगवानले सँधै तपाईलाई खुशी राखोस् ।’

सम्बन्धित समाचार