नेपालीलाई पनि कोरोना भाइरस भएको पुष्टि

चीनमा महामारीको रुप लिँदै गरेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको पुष्टि भएको छ । अध्ययनका लागि चीनको बुहान गएर काठमाडौं फर्केका ३३ वर्षीय युवकमा कोरोना भाइरस देखिएको पुष्टि भएको हो ।

शहीद शुक्रराज ट्रफिकल अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार, केही दिन नेपाल फर्केका ती युवकमा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा आवस्यक परीक्षणका लागि हङकङ पठाइएको थियो ।



‘जाँच परीक्षण पोजेटिभ आएको छ, तर ती व्यक्तिमा कोरोना भाइरसको स्थिति लक्ष्यणविहीन छ’ डा. पाण्डेले भने, ‘उनलाई प्रत्यक्ष निगरानीमा राखिएको छ ।’

महामारीको रुप लिएको कोरोना भाइरसबाट दुई दर्जन भन्दा बढी चिनियाँहरुको मृत्यु भइसकेको छ भने झण्डै हजार जनामा यसको संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार