बलिवुडका ६ जनालाई भारत सरकारले दियो पद्मश्री

बलिवुडका ६ हस्तीलाई भारत सरकारले सरकारको उच्च सम्मान पद्मश्री पुरस्कार दिएको छ ।

भारत सरकारले शनिबार बलिवुडका चर्चित अभिनेत्री कंगना रनावत, निर्मात्री एकता कपुर, चर्चित निर्माता निर्देशक करण जोहर, गायक अदनान सामी, सुरेश वाडेकर र सरिता जोशीलाई पद्मश्री पुरस्कार दिएको हो ।



पुरस्कार पाएपछि अभिनेत्री कंगनाले प्रतिक्रिया दिदै आफुले सम्मानित महसुस गरेको भन्दै सो पुरस्कार सपना देख्ने महिलाहरुलाई समर्पित गरेको बताएकी छन् ।

देशको सर्वोच्च नागरिक पुरस्कार पाएपछि करण जोहरले यो सम्मान पाउनु गर्वको कुरा भएको बताउदै आफ्ना पितालाई सम्झिएका थिए ।

सम्बन्धित समाचार