कोरोना भाइरसको संक्रमण फैलने त्रासले आपतकाल घोषणा, २ हप्ता विद्यालय बन्द

कोरोना भाइरसको त्रास फैलिएसँगै हङकङले आपतकाल घोषणा गर्दै दुई साताका लागि प्राथमिक र माध्यमिक तहका विद्यालय बन्द गर्ने भएको छ ।

नयाँ वर्षका लागि बिदा भएका विद्यालय थप दुई साताका लागि बन्द गर्ने हङकङले घोषणा गरेको समाचार संस्था एपीले जनाएको छ ।



सुरुमा मध्य चीनको वुहानमा फेला परेको कोरोना भाइरस अहिले अन्य मुलुकमा पनि फैलिएको छ । हङकङका अधिकारीले पाँच जनामा कोरोना भइरसको संक्रमण भेटिएको बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा आगामी फेब्रुअरी ९ मा हुन लागेको म्याराथन पनि स्थगित भएको उल्लेख गरेको छ। म्याराथनमा ७० हजार सहभागी हुने अनुमानमा गरिएको थियो ।

सम्बन्धित समाचार