

सन्दीप लामिछाने विग बास लिग छाडेर नेपाल फर्किएका छन् । अस्ट्रेलियाबाट हिडिसकेका सन्दीप सोमबार काठमाडौँ आइपुग्ने भएका छन् ।
आइसीसी डिभिजन लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज खेल्न सन्दीप बिग बास लिग छोडेर फर्किएका हुन् ।
त्रिकोणीय सिरिज माघ २२ गतेबाट काठमाडौँमा शुरु हुँदै छ । नेपालले पहिलो खेल ओमानविरुद्ध खेल्दै छ ।
सन्दीप खेलेको टिम मेलबर्न स्टार्स भने यो पटक विग बास लिगले समूह चरणमा शिर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ । सन्दीपले उअस सिजनमा १३ खेलमा १५ विकेट लिएका थिए ।
