हलिवुड फिल्म म्याट्रिक्स-४ मा प्रियंकाले काम गर्ने !

बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका चोपडाले सुपरहिट फिल्म म्याट्रिक्सको चौथो संस्करणमा काम गर्ने भएकी छन् ।

मिडिया रिपोर्टका अनुसार प्रियंका फिल्म साइन गर्न अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ । मिडियामा प्रियंकाले फिल्म साइन गरिसकेको बताइएपनि प्रियंकाका र फिल्म निर्माण पक्षले यस बारेमा आधिकारिक धारणा बाहिर ल्याएको छैन ।



फिल्मलाई वार्नर ब्रोस र भिलेज रोडशोले निर्माण गर्दै छन् । फिल्ममा यहया आब्दुल माटीन, कनु रीभेज, क्यारी अन्न मोस र नेइल पाट्रीक ह्यारिसलगायतका कलाकारले काम गर्दै छन् । फिल्म २०२१ को मे २१ मा रिलिज हुने बताइएको छ ।

प्रियंकाले यस बर्ष नेटफ्लिक्सका दुई फिल्म द ह्वाइट टाइगर र वे क्यान बि हिरोज साइन गरिसकेकी छन् ।

सम्बन्धित समाचार