छोरीलाई छुट्टै गोठ बनाएर आमाबुवाले नै अरूसँग यौन सम्पर्क गर्न लगाएपछि…

विश्वका कैयौ देशमा आज पनि विवाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता विपरित हुन्छ । कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध नहोस् ।

तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्न बाबु आमा नै उक्साउछन् । बाबु आमाले नै छोरी अरुसंग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी (सेक्स हट, लब हट) बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस ।



जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाइ जति पनि पुरुषसंग यौन सम्बन्ध राख्न छुट छ । उनीहरुको बिश्वाश छ कि जति धेरै जनासंग यौन सम्बन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक विकास राम्रो हुन्छ ।

त्यसैले बाबुआमाले नै छोरीलाई झुपडी बनाइदिन्छन र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पर्ने केटासंग यौनक्रीडा गर्न छुट दिन्छन । पहिला यहाँ धेरै पुरुष संग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो । यहाँको सेक्स गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाँका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो ।

यसरी धेरै जनासंग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपछि रक्सिमा खजुरो मिलाई ककटेल बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे । तर अहिले समय निक्कै बदलिएको छ । त्यहाँका बाबु आमाले त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घरमा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन । १७ बर्षकी नाङ चान आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् ।

उनी भन्छिन, ुकम उमेरमै आफुले मन पराएको केटासंग सेक्स गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो । यो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ, जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्ता लगाउन सक्छौं । यहि कोहि विशेष व्यक्ति भेटियो भने हामी एक अर्कासंग प्रेम गर्छौ, र त्यहि झुपडीमा सेक्स गर्छौ ।

सम्बन्धित समाचार