चीनले दुई दिनमै तयार गरेको अस्पतालमा कोरोना भाइरसको उपचार शुरु

चीनले दुई दिनमै निर्माण सम्पन्न गरेको अस्पतालमा कोरोना भाइरसको उपचार शुरु भएको छ । वुहानमा कोरोना भाइरसको प्रकोप फैलिएपछि त्यसको नियन्त्रणका लागि एक हजार शैयाको अस्पताल तयार भएको हो ।

६ दिनमा निर्माण सकिने भनिएको अस्पताल दुई दिनमै तयार भएपछि उपचार शुरु गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन । सो अस्पतालमा मंगलबार रातिदेखि नै कोरोना भाइरस संक्रमितको उपचार शुरु भएको हो ।



चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार एकदिनमै पूर्बाधार तयार गरिएको भवनको रंगरोगन र अरु काम कामदारहरुले बिश्राम नै नलिइकन खटिएर अस्पताल तयार गरेका हुन ।

गत डिसेम्बरदेखि चीनको बुहानबाट फैलिएको कोरोना भाइरसका कारण चीनमा १ सय ३२ जनाको मृत्यु भइरसकेको छ भने ६ हजार भन्दा बढी संक्रमित छन ।

जापान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको छ ।

सम्बन्धित समाचार