बीबीसीले ४५० जना जागिरबाट निकाल्यो

बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ। खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरूाई अवकाश दिएको छ।

बीबीसीले लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नुपरेको बताएको छ। ‘बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नुपरेको छ। त्यसैअनुसार हामीले पनि नयाँ कदम चाल्न थालेका छौँ’, बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने।



सम्बन्धित समाचार