कोरोनाले चीनमा ३ सय ४ जनाको मृत्यु, १४ हजार बढी संक्रमित

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। चीनको वुहानबाट फैलिएको कोरोनाका कारण फैलिएको भाइरका कारण हिजो सम्ममा चीनमा ३ सय ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । संक्रमणबाट १४ हजार ३ सय ८० जनामा सक्रमण रहेको छ।

कोरोनाका कारण ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ८५ जना उपचारका क्रममा फर्किने अवस्थामा रहेको चीनको राष्ट्रिय स्वास्थ्य कमिशनले जनाएको छ। चीनले कोरोनाबाट सक्रमणमा रहेका हरुलाई छुट्टै अस्पतालमा राख्नका लागि अस्पताल तयार गरिसकेको छ। उसले १० दिनमै नयाँ अस्पतालको निर्माण गरिसकेको छ। कोरोना भाइसबाट संक्रमणमा परेकालाई छुट्टै अस्पतालमा राखेर उपचार गर्ने जनाएको छ।



नेपालमा पनि कोरोना भाइसको सक्रमण भेटिएको छ। यसको संक्रमण भारतमा पनि देखिएको छ। भाइसका कारण नेपालसहित १८ देशमा फैलिसकेको छ। अमेरिका र अष्ट्रेलियाले चिनियाँ नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न प्रतिबन्ध लागाएका छन्। नेपालस्थित चीनिया दूतावसले पनि चीनमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ भने नेपालले पनि आफ्ना नागरिकको उद्दारका लागि दुईवटा छुट्टै जहाज तयारी अवस्थामा रहेको जनाएको छ।

सम्बन्धित समाचार