कोरोना भाइसका कारण फिलिपिन्समा एक जनाको मृत्यु

कोरोना भाइसरका कारण फिलिपिन्समा एक जनाको मृत्यु भएको छ । कोरोनाका कारण चीन बाहिर मृत्यु भएको यो पहिलो घटना हो। कोरोनाका काराण ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो । चीन भने यो भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ भने १४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।



कोरोनाका कारण ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ८५ जना उपचारका क्रममा फर्किने अवस्थामा रहेको चीनको राष्ट्रिय स्वास्थ्य कमिशनले जनाएको छ।

सम्बन्धित समाचार