जापानी अर्बपति चन्द्रमा लैजाने प्रेमिका खोज्ने अभियानबाट पछि हटे

जापानको एक अर्बपतिले चन्द्रमा भ्रमणको लागि एक प्रेमिका खोजिरहेको विषय जनवरीको पहिलो साता निकै चर्चित भएको थियो । युसाकु मेजावा नाम गरेका जापानी अर्ब पतिले चन्द्रमा जान २० वर्षको अविवाहित महिलाको खोजि सार्वजनिक रुपमा गरेका थिए ।

मेजावाले “चन्द्रमाको यात्रामा साथ दिनेछिन्” नामक एउटा म्याच मेकिंग डकुमेन्ट्री कार्यक्रम बनाउने घोषणा गरेका थिए ।



तर अहिले आएर मेजावाले सो घोषणाबाट पछी हटेका छन् । उनले अब आफुले सो प्रक्रियाबाट युवतीको छनौट नगर्ने जानकारी दिएका छन् ।

४४ वर्षीय उद्धमीले सन् २०२३ मा एलेन माक्सको स्पेस(एक्समार्फत पहिलो निजी यात्रीको रुपमा चन्द्रमा जानको लागि आफ्नो अनलाइन फेशन रिटेलर जोजो-इंक सफ्ट बैंक ग्रुप कर्पोरेशनलाई बेचिदिएका थिए । उनले २०२३ मा चन्द्रमा जाने योजना बनाएका छन् ।

आफ्नो २७ वर्षीय नायिका गर्लफ्रेन्ड आयामी गोरीकीसंग छुटेपछि मेजावाले अन्तरिक्षबाट आफ्नो प्रेम र विश्व शान्तिको बारेमा बताउनको लागि नयाँ प्रेमिका खोजिरहेको बताइएको छ ।

आवेदनको अन्तिम म्याद जनवरी १७ सम्म करिब २८ हजार युवतीले आवेदन दिएको बताइएको छ । उनले सो आवेदनलाई ट्वीटरमा रिट्वीट गर्नेलाई समेत एक बिलियन येन दिने घोषणा समेत गरेका थिए । उनको सो पोष्ट करिब ४० लाख पटक शेयर भएको र ट्वीटरमा अहिलेसम्मकै सर्वाधिक रिट्वीट भएको पोष्ट बनेको बताइएको छ ।

उनले व्यक्तिगत कारणले आफु यस प्रक्रियाबाट अलग भएको र यस बारेमा अबेमा टिभीलाई समेत जानकारी गराएको बताएका छन् ।

सम्बन्धित समाचार