चीनमा कोरोनाका कारण ४२५ को मृत्यु, संक्रमितको संख्या २० हजार नाग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। नेशनल हेल्थ कमिशनले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार थप ६४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो। मृत्यु हुने सबै हुबेई प्रान्तको वुहान सहरका छन्।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार ४ सय ३८ पुगेको पुष्टि भएको छ। अधिकारीहरुका अनुसार हिजो मात्रै ३ हजार नयाँ संक्रमित भेटिएका छन्। सन् २००२ र २००३ मा सार्स भाइरस महामारीका रुपमा फैलिँदा चीन तथा हङकङमा ३ सय ४९ जनाको मृत्यु भएको थियो। सार्सका कारण फिलिपिन्सलगाएत अन्य देशमा १५० मृत्यु भएको थियो।



यसपटक कोरोनाले सार्सको महामारीलाई पनि उछिन्दै विकराल अवस्था ल्याउन सक्ने विश्व स्वास्थ्य संगठन डब्लु एचओले आशंका गरेको छ।

सम्बन्धित समाचार