नेपालमा मात्र देखिने बनाएर बार्सिलोनाले शेयर गर्‍यो प्रियंकाको फोटो

विश्वचर्चित फुटबल क्लब बार्सिलोनाले नायिका प्रियंका कार्कीको तस्वीर शेयर गर्दै नेपालप्रति प्रेम दर्शाएको छ । बार्सिलोनाले आफ्नो फेसबूक पेजमा ‘वी लभ नेपाल’ भन्दै नायिका प्रियंका कार्कीको तस्वीर शेयर गरेको हो ।

तर, बार्सिलोनाले यो पोस्टलाई नेपालमा मात्र देखिने गरी शेयर गरेको छ । अर्थात् यो पोस्ट विश्वभरिबाट लाइक गरेका फ्यानले देख्न पाउने छैनन् । यद्यपि नेपाली फ्यानले भने बार्सिलोनाप्रति माया दर्शाएका छन् ।



यतिबेला युरोपको भ्रमणमा रहेकी प्रियंका फुटबल हेर्नका लागि स्पेन पुगेकी थिइन् । उनले नाउ क्याप्ममा स्पेनिस ला–लिगाअन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेल प्रत्यक्ष हेरेकी थिइन् ।

प्रेमी आयुष्मान देशराज जोशीसँग युरोप यात्रामा रहेकी प्रियंकाले सामाजिक सञ्जालमार्फत अपडेट दिइरहेकी थिइन् ।

सोमबार बार्सिलोनाले आफ्नो आधिकारिक फेसबुक पेजमा प्रियंकाको तस्वीर शेयर गर्दै नेपाली फ्यानप्रति माया दर्शाएको हो । क्याप्सनमा बार्सिलोनाले लेखेको छ – हामी नेपाललाई मायाँ गर्छौं ।

नेपालमा पनि फुटबल क्लब बार्सिलोनाका हजारौं फ्यान छन् ।

सामाजिक सञ्जालमा प्रियंकाले आयुष्मानसँग घुमघामका अन्य तस्वीर पनि शेयर गरेकी छिन् ।

सम्बन्धित समाचार