भारतले एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजील्याण्डलाई ३४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ४ विकेट गुमाउदै ३४७ रन बनाएको हो ।
भारतका लागि श्रेयस अय्यरले शतकीय पारी खेलेका थिए । भारतका लागि १६औ एकदिवसीय खेलिरहेका श्रेयसले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक बनाएका हुन् । उनी १०३ रन बनाएर आउट भए ।
त्यस्तै केएल राहुलले अविजित ८८ रन बनाए भने मयंक अग्रवालले ३२, केदार जादभले अविजित २६, पृथ्वी शाले २० तथा कप्तान विराट कोहलीले ५१ रन बनाए ।
न्युजील्याण्डका बलर टीम साउथीले २ विकेट लिए भने कोलिन डि ग्राण्डहोम र इश सोढ़ीले एक एक विकेट लिए ।
भारत र न्युजील्याण्डबीच तीन खेलको एकदिवसीय खेल हुदै छ ।
यस अघि खेलेको ५ खेलको टी -२० सिरिज भारतले ५-० ले जितेको थियो ।