नेपाल चिकित्सक संघको निर्वाचन : मतगणना शुरु हुँदै

नेपाल चिकित्सक संघको २१ माघमा सम्पन्न निर्वाचनको मतगणना आजबाट शुरु हुने भएको छ । गत बुधबारबाट शुरु हुने भनिएपनि उम्मेद्धारबीच केही विषयमा विवाद उत्पन्न भएपछि रोकिएको थियो ।

विहीबार दिउसो बसेको सर्वपक्षीय भेलाले आज विहानबाट मतगणना गर्ने निर्णय गरको छ ।



मतगणनास्थलमा रहेका कोषाध्यक्ष पदका एक जना उम्मेद्धार डा प्रकाश बुढाथोकीले मतगणना शुरु हुनेक्रममा रहेको बताए । ‘हामी सबै उम्मेद्धार मतगणना स्थल भित्र पसिसक्यौँ । अबको केही क्षणमै मतगणना कार्य शुरु हुनेछ । त्यसको प्रत्यक्ष प्रशारण राज्य टेलिभिजन र एनएमएको फेसबुक लाइभबाट समेत हुनेछ,’ उनले भने ।

संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६-७९ कार्यकालका) लागि भएको निर्वाचनमा ६ हजार १५२ भोट खसेको थियो ।

सम्बन्धित समाचार