विराजको ‘साङ्लो’ र विपिन अभिनित ‘सेल्फी किङ्ग’ आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ र ‘साङ्लो’ आजदेखि प्रदर्शनमा आएका छन् । नेपाली फिल्मले दशैँयता बक्स अफिसमा आशा गरिए अनुसारको व्यापार गर्न असमर्थ भईरहेका बेला यी दुई चलचित्र एकैसाथ प्रदर्शनीमा आएका हुन् ।

‘साङ्लो’ र ‘सेल्फी किङ्ग’ दर्शकको रुचिका हिसाबले केही फरक छन् । तर, दुवै चलचित्र एकैसाथ प्रदर्शनमा आउँदा व्यवसायिक रुपमा केही न केही घाटा हुने सम्भावना देखिन्छ ।



लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता विराज भट्टको निर्देशन तथा अभिनय रहेको ‘साङ्लो’ को बारेमा पनि राम्रै चर्चा चलिरहेका छ। यो फिल्ममा फिल्म युनिटले सार्वजनिक गरेका गीत, ट्रेलर र पोस्टरले दर्शकलाई फिल्मप्रति उत्साहित बनाएको छ ।

अभिनेता विराज आफैले निर्देशन र निर्माण गरेको यो चलचित्र धेरै दर्शकका लागि चासोको विषय पनि बनेको छ । ‘साङ्लो’ मा दर्शकले एक्सन, रोमान्स र विराज भट्टको सिक्स प्याक बडी देख्न पाउँनेछन् । फिल्ममा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक मुख्य भूमिका छिन् ।

त्यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘सेल्फी किङ’ को चर्चा उत्तिकै छ । विपिन कार्कीको मुख्य भूमिकामा रहेको यो चलचित्रमा विपिनले हाँस्यकलाकारको भूमिका निभाएका छन् ।

विपिनसँगै लक्ष्मी बर्देवा, जीवन भट्टराई, अभय बराल, भुवन चन्द, कमल देवकोटा लगायतका कलाकारको पनि अभिनय छ । फिल्म विशाल सापकोटाको लेखन तथा निर्देशनमा निर्माण भएको हो ।

सम्बन्धित समाचार