चीनबाट नागरिक ल्याउन आलटाल गर्दै सरकार

चीनबाट नेपाली ल्याउन सरकारले आलटाल गरेको छ । कोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् । तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागरिकको पीडामा सरकार ढुक्कसाथ आलटाल गरिरहेको छ ।

क्वारेन्टाइन टुंग्याउन ६ दिन लगाएको सरकारले अरू तीन दिन बितिसक्दा पनि नागरिक ल्याउने मिति निश्चित गरेको छैन । शनिवार त त्यसबारे कुनै छलफलसम्म नभएको समाचारहरु बाहिरिएका छन् ।



सम्बन्धित समाचार