आलिया र रणवीरको विवाह आउँदो डिसेम्बरमा पक्का !

बलिवुडका अहिलेका चर्चित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट अफ्येर्समा रहेका छन् ।

दुवै पछिल्लो दुई बर्षदेखि एक अर्कालाई डेट गरिरहेका छन् । पछिल्लो समय दुवै हरेक समारोहमा सँगै देखिने गरेका छन् । मिडिया र सामाजिक संजालमा पनि दुवैको विवाहको अफवाह चली नै रहेको छ ।



पछिल्लो समय रणवीर र आलिया आउँदो डिसेम्बरमा विवाह बन्धनमा बाधिने भएको चर्चा रहेको छ । बलिवुडका फिल्म विश्लेषक राजीव मसंदका अनुसार रणवीर र आलिया आउँदो डिसेम्बरमा विवाह बन्धनमा बाधिन लागेका छन् ।

उनीहरु दुवैले सँगै काम गरेको फिल्म ब्रम्हास्त्र रिलिजको लगत्तै दुवैले विवाह गर्ने तयारी गरेको उनले दाबी गरेका छन् । ओपन म्यागजिनको एक रिपोर्टका अनुसार कपुर र भट्ट परिवारमा विवाहको दिनका बारेमा छलफल चलिरहेको उल्लेख छ । छिट्टै विवाहको मिति तोकिने सो मिडिया रिपोर्टमा दाबस् गरिएको छ ।

रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र आउँदो डिसेम्बर ४ मा रिलिज हुँदै छ । अहिले डिसेम्बरको अन्त्य सम्म दुवै विवाह बन्धनमा बाधिने अनुमान सबैले गरेका छन् ।

पछिल्लो समय आलिया धेरै जसो रणवीर र उनको परिवारसँग धेरै देखिने गरेकी छन् । अघिल्लो सातामात्र ऋषि कपुरको स्वास्थ्य बिग्रेर अस्पताल भर्ना हुदा समेत आलिया उनलाई भेट्न अस्पताल पुगेकी थिइन् । यस अघि ऋषि कपुर र नितु कपुरको एनिभर्सरीमा आलियाले केक बनाएको समेत मिडियामा आएको थियो ।

सम्बन्धित समाचार