बलिउड नायिका पुनम हाई कोर्टमा

बलिउड नायिका पुनम पाण्डेले व्यापारी राज कुन्द्रा तथा उनका सहयोगीविरुद्ध हाई कोर्टमा मुद्दा हालेकी छन् । व्यापारी राज कुन्द्रा नायिका शिल्पा सेट्टीका पति हुन् ।

प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेपछि शिल्पाले सीधै हाई कोर्टको ढोका ढक्ढक्याएकी हुन् । समाचारअनुसार गत वर्ष पुनमले प्राइम मिडियासँग आफ्नो नामबाट एप पाउन एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। त्यसबापत उनलाई राम्रै रकम मिल्नेवाला थियो ।



पुनमका अनुसार फर्मको सेयरमा भेदभाव भएपछि उनले सम्झौता फिर्ता लिइन् । त्यसलगत्तै उनलाई विभिन्न नम्बरबाट त्यसबारे फोन आउन थाल्यो। लगातारको फोनले दिक्क भएपछि तीन महिनाका लागि उनी विदेश पलायन भइन् ।

विदेशबाट फर्किएपछि पुनमले आफ्नो सम्पर्क नम्बर पनि बदलिन्। तर नयाँ नम्बरमा पनि पुरानै कुरा उप्काउँदै फोन आउन थाल्यो । खासमा उनले राज कुन्द्राका सहयोगी सौरभ कुसवाहसँग आफ्नो समस्या सल्टाउन नयाँ नम्बरबाट फोन गरेकी थिइन् । तर भइदियो उल्टो । उनलाई तारन्तार कुन्द्राकै सहयोगी टिमबाट फोन आएपछि प्रहरीको मद्दत माग्न गइन् । तर प्रहरीले सुनुवाइ नगरेपछि हाई कोर्टमा पुगेको उनले बताएकी छन् ।

सौरभले भने पुनमको आरोप झूठो भएको बताएका छन् । पुनमले ‘द जर्नी अफ कर्मा’, ‘आ गया हिरो’लगायत फिल्ममा अभिनय गरेकी छन् ।

सम्बन्धित समाचार